काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भरतपुर वितरण केन्द्रअन्तर्गत क्षेत्रको विद्युत लाइनलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउने कार्य सुरु गरेको छ ।
आज शनिवार नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत लाइनलाई भूमिगत गर्ने कार्यको शिलान्यास गरेका हुन् ।
विद्युत वितरण प्रणालीलाई भूमिगत तथा सुदृढीकरण र अटोमेसन गर्ने उद्देश्यले भरतपुर र पोखराका मुख्य चोक र सडक विद्युत भूमिगत गर्न लागिएको आयोजना प्रमुख विजयकुमार झाले जानकारी दिए ।