Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुत्केरी बेथा लागेको ४ दिनपछि लक्ष्मी ओलीको हवाइ उद्धार


    शनिबार, भाद्र १८ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । सुत्केरी बेथा लागेको ४ दिनपछि लक्ष्मी ओलीको हवाइ उद्धार  गरिएको छ ।  सुत्केरी बेथा लागेर बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाई हवाइ उद्धार गरिएको हो।

    लक्ष्मी  ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाइ बेसबाट गएर हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो । लुपाना घरमा सुत्केरी बेथा लागेर दल्लीस्थित नगर अस्पतालमा ल्याएर चार दिनसम्म उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि प्रदेश अस्पतालमा ल्याएर उपचार सुरु गरेकोको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार