Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री भूसालको नाममा बिचौलिया यादवको चलखेल, सिंचाईका हाकिमहरुसँग मोलमोलाई


    शनिबार, भाद्र १८ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । तराई मधेशका जिल्लाका सिंचाई मन्त्रालय अन्तर्गतका कार्यालय तथा आयोजनाहरूमा हाकिमदेखि पियनसम्म सरुवा गर्ने र सरुवाबापत पैसा उठाउने जिम्मा मन्त्रीले आफूलाई दिएको भन्दै एक बिचौलियाले मन्त्री पम्फा भूसालको बदनाम गर्ने काम गरिरहेका छन् । 

    शिवराम यादव नामका ती बिचौलियाले जातीयताका आधारमा यादव जातिका हाकिमहरुलाई राम्रो ठाउँ र बजेट धेरै भएका ठाउँमा सरुवा गराउने र ती कार्यालयमा पठाएबापत मोटो रकम घुस मन्त्रीको नाममा लिने गरको  गरको आरोप छ । यादवबाहेक अरु हाकिमहरूको हकमा भने मागे जति पैसा नदिएमा सरुवा नै बिगारिदिने, अप्ठेरो ठाउँमा सरुवा गरिदिने भन्दै धम्की उनले दिने गारेको गुनासो प्राप्त भएको छ ।

    सिंचाइ मन्त्रालयमा कर्मचारीहरुको सरुवा हुने मौसम छ । सरुवामा ठूलै चलखेल भइरहेको छ । राम्रा भन्दा पनि हाम्रा र पैसावालाको रवाफ गजबको देखिन्छ । राम्रो काम गर्ने, विगतमा पुरस्कृत तथा सम्मान पाउने हाकिमहरूको बिचल्ली पार्ने काम भइरहेको छ । शिवराम यादवले मन्त्रीलाई पैसाको प्रलोभनमा पारी तराई मूलबासी हाकिमहरु तथा अन्य कर्मचारीहरूको सरुवा बापत रकममात्र असुल नगरी ती  कार्यालयहरुका सरकारी गाडी जथाभावी दुरुपयोग भइरहेको छ । राज्यलाई इन्धनका कारण आर्थिक समस्या परिरहेको बेलामा कार्यालयबाट जथाभावी पेट्रोल र डिजेल माग्ने गरेको पाइएको छ ।

     सिंचाई कार्यालयहरुमा यस्तो बेथिति छ कि बिचौलिया यादवले ती कार्यालयहरुमा आफ्ना मान्छेहरूको नाम हाल्न लगाई दैनिक ज्यालादारीको रूपमा  एउटै मान्छेलाई दुई तीन वटा कार्यालयबाट मासिक रूपमा तलब खुवाउन लगाउन लगाउने गरेका छन् । १ ठाउँको सम्बन्धित कर्मचारीलाई दिने र अरुको पैसा यादवहरुले लिने गरेको आरोप छ । तर कार्यालयले भने त्यस्ता मान्छेहरूलाई काम लगाउनु त के ती मान्छेहरू नेपालमा छन् कि विदेशमा भन्ने पनि थाहा नपाउने गरेको अवस्था समेत छ ।  नागरिकताको प्रतिलिपिको आधारमा तलब खुवाउने गरिएको छ ।  

    नेपालमा डिग्री गरेका मान्छेहरू काम नपाएर मजदुरी गर्न खाडी मुलुक जान बाध्य भइरहेको अवस्थामा पहुँचको आधारमा राज्यको ढुकुटी दोहन गर्नमा शिवराम यादवलाई प्रोत्साहन गर्ने काम ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री भुसालले गरेकी छन् । यादवले मन्त्रीसँगको सम्बन्धको फाइदा उठाउँदै जनकपुर इन्जिनियरिङ कलेजमा जागिरे रहेकी श्रीमतीलाई समेत सिचाइ मन्त्रालयको फिल्ड कार्यालयबाट ज्यालादारी कर्मचारीको तलब खाने व्यवस्था मिलाएका छन् । मन्त्रीको नाममा तराईका प्रायः सबै कार्यालयमा फर्जी ज्यालादारी कर्मचारी राखेर तलब लिने गरेको आरोप पनि उनीमाथि छ ।

    मन्त्रालय स्रोतका अनुसार यादवको योजनामा ठूला बजेट भएको खाँडो नदी व्यवस्थापन सप्तरीमा टेकराज भट्टराई ,त्रियुगा नदी व्यवस्थापनमा रेवाकान्त यादव, कमला सिंचाई धनुषामा वीरेन्द्र यादव, कमला नदी व्यवस्थापन जनकपुरमा बिशुनदेव यादवलाई थमौतीका लागि यादवले ४० लाखका दरले मोलमोलाइ गरेको स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार