काठमाडौं। नेपाल नागरिकता विधेयक- २०७९ माथि दोस्रो दिन राष्ट्रिय सभामा छलफल सुरु भएको छ।
नेपाल नागरिकता विधेयक (पहिलो संशोधन)-२०७९ माथि बिहीबारबाट छलफल सुरु भएको हो। छलफलमा भाग लिने सांसदहरुको बोल्नेक्रम नसकिएपछि आजका लागि बैठक बोलाइएको हो।
उक्त विधेयकमाथि छलफल सकिएपछि आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाडले राष्ट्रपतिबाट पुनरविचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक (पहिलो संशोधन) विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसअघि प्रतिनिधि सभाले विधेयक जस्ताको त्यस्तै पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाएको थियो।
अब राष्ट्रिय सभाबाट विधेयक पारित भए प्रमाणीकरणका लागि पुन : राष्ट्रपतिकहाँ फेरी जानेछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पारित भएको नागरिकता विधेयक पुनरविचार गर्न भनेर १५ बुँदे सन्देशसहित फिर्ता गरेकी थिइन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend