Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानः काठमाडौंका कुन कुन क्षेत्रबाट को को उम्मेदवार बन्दैछन् ?


    बिहिबार, भाद्र १६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् ।

    प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरु संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै बिहीवार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो  । 

    ललितपुरमा आयोजित एक कार्यक्रमका बीच अभियानको घोषणा गर्दै साझा घोषणापत्र, चुनाव चिन्ह र साझा उम्मेदवार घोषणा गरिएको छ । घोषणासभामा बोल्दै लौरो अभियानका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर ८ बाट आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीले अहिले भएका दलहरू जनता र राष्ट्र केन्द्रित नभएको बताए । 

    उनले धेरै पार्टीहरू भएकै कारण देश बिग्रिएको भन्ने मानसिकता रहेको बताए । सायमीले अहिले नेपालमा भएका सबै दलहरू एकै खालका भएको दाबी गरे । उनले अहिले नेपालमा भएका ठूला दलहरू निजी कम्पनी जसरी चलिरहेको दाबी गरेका छन् । सायमीले स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई निर्वाचन आयोगले पनि विभेद गरेको गुनासो गरेका छन् । उनले आफूहरूलाई जिताएमा देशमा परिवर्तन आउने दाबी गरेका छन् । 

    त्यस्तै, कलाकार मधुसुदन पाठक (सीते बा) ले पनि काठमाडौं–५ बाट प्रतिनिधिसभा सांसदको उम्मेदवार घोषणा गरेका छन् । उनले आफूले १७ वर्षको उमेरदेखि काठमाडौं क्षेत्र नम्बर ५ मा व्यवसाय गर्दै आएकाले त्यहाँबाट उम्मेदवारी घोषणा गरेको बताए । उनले भने–काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधित्व गर्दै जनताका समस्या समाधानका लागि संसदमा पुग्नैपर्ने भएकाले उम्मेदवारी दिने भएको हुँ ।

    लौरो अभियानमार्फत् बिहीवार ११ जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रतिनिधिसभातर्फ ७ जना र प्रदेश सभातर्फ ४ जना गरी जम्मा ११ जनाले उम्मेदवारी घोषणा गरेका हुन् । मधुसुदन पाठक ‘सिते बा’ काठमाडौं–५ र विद्या श्रेष्ठ महर्जनले काठमाडौं–९ बाट उम्मेदवार घोषणा गरेका छन् । राजाराम तण्डुकारले ललितपुर–३ र भीष्म राना रूपन्देही–५ बाट स्वतन्त्र उम्मेदवार हुने बताएका छन् । भक्तपुर–२ बाट लोकेन्द्र र काठमाडौं–२ बाट रोहन कार्कीले उम्मेदवारी दिन लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार