Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आरजुलाई कैलाली–५ मा सकस पर्ने, ओझापछि भण्डारीको दाबी


    बिहिबार, भाद्र १६ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । नेपाली कांग्रेस कैलाली–५ का महासमिति सदस्य क्षितिज भण्डारीले आज डा.आरजु देउवा राणालाई जबर्जस्ती सर्वसम्मत उम्मेदवार बनाउने प्रपन्चको विरुद्धमा आज पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । 

    अघिल्लो महाधिवेशनमा डा.शेखर–गगन टिमबाट केन्द्रीय सदस्यमा पराजित भण्डारीले उम्मेदवारी दर्तापछि भने–‘आज म आफू जन्मेको स्थान, स्कुल र क्याम्पस पढेको र ३० बर्ष प्रत्यक्ष राजनीति गरेको कैलाली–५ धनगढीबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको लागि बिधिवत उम्मेदवारी दर्ता गर्दछु ।’

    हामीले पार्टी कार्यालयमा दर्ता पुस्तिका हेर्दा प्रत्यक्षमा डा. आरजु राणाको महिलाबाट र पुरुषबाट भण्डारीको मात्रै नाम सिफारिस भएको देखिन्छ भने समानुपातिकबाट ११ जनाको उम्मेदवारी छ । 

     भण्डारीले उम्मेदवारी दर्तापछि सामाजिक सन्जालमा फोटो सार्वजनिक गर्दै हिजो पार्टी सभापति नारायण भट्ट र केन्द्रीय नृप ओड लगायत नेताहरूसँग भेटवार्ताको सार बुझ्न नेपाली कांग्रेस पार्टीले कारबाही गरेका पुष्करनाथ ओझाकहाँ पुगेका थिए ।

    ओझा र भण्डारीबीच भएको १ घण्टा छलफलमा ओझाले  आफू पनि कांग्रेसीको मत लिएर कैलाली क्षेत्र न ५ बाट नै प्रत्यक्षमा उम्मेदवारी दिने र केन्द्रीय सभापति देउवाले भेट्न चाहेमा उम्मेदवार हुनेबारे छलफल गर्न तयार रहेको बताए ।

    भण्डारीलेअघिल्लो पटक पनि डा. आरजु देउवाका विरुद्धमा प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए । पछि अर्काे निर्वाचनमा टिकट दिने शर्तमा फिर्ता लिएकाले यो उम्मेदवारी देउवा परिवारको बचनसँग जोडिएको उनको भनाइ छ । तर पार्टी जिल्ला र क्षेत्रीय समितिले बालुवाटारको दबाबमा भण्डारीको नाम सिफारिस नगर्ने देखिएपछि उनले बिहीबार पार्टी कार्यालयमा गएर दर्ता गराएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार