Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त


    बुधबार, भाद्र १५ २०७९
    890
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । न्यायपरिषद बैठकले बाँके जिल्ला अदालतमा कार्यरत रहेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ । पटकपटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको भन्दै अधिकारीविरुद्ध न्याय परिषद्‍मा उजुरी परेको थियो । 

    बिहीबार बसेको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए  ।

    अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी पर्नुको साथै हालसालै गरिएको एक फैसलामा पनि कैफियत पाइएपछि उनलाई न्याय सम्पादनबाट बाहिर निकाल्न सर्वोच्च अदालत काजमा समेत तानिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार