Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन काँग्रेसको निर्देशन


    मंगलबार, भाद्र १४ २०७९
    810
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको छ । सोमबार केन्द्रीय कार्यालयले जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई पत्राचार गर्दै पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै रकम नउठाउन भनेको हो । 

    पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गर्न कुनै पनि तहको कार्यसमितिले रकम माग गरे  विधानविपरीत कार्य हुने भन्दै त्यस्तो नगर्न काँग्रेसले आग्रह गरेको छ । 

    ‘विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम (लेबी) बाहेक उम्मेदवार सिफारिस गर्न कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नु/उठाउनु विधानविपरीत कार्य हुने भएकाले त्यस्तो नगर्नूरनगराउनू हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ पत्रमा उल्लेख छ । 

    कतिपय ठाउँमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा रकम मागिएको जानकारी प्राप्त भएको भन्दै यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार