Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गणपूरक संख्या नपुगेपछि  प्रतिनिधिसभा बैठक स्थगित


    सोमबार, भाद्र १३ २०७९
    945
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । गणपूरक संख्या ६९ हुनुपर्नेमा ४५ जना मात्र सहभागी भएको पाइएपछि सभामुखले बैठक स्थागित गरेका हुन् ।

    सोमबार संसदमा बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।

    छलफलपछि विचार गरियोस् भन्ने प्रस्ताव पास गर्ने क्रममा एमाले सांसद घनश्याम खतिवडाले गणपूरक संख्यामाथि प्रश्न उठाएका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार