Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा रायमाझी 


    सोमबार, भाद्र १३ २०७९
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभाका लागि नेपाली कांग्रेसले संसदीय दलको नेतामा रमेशजंग रायमाझीलाई मनोनीत गरेको छ ।

    नेपाली कांग्रेसका सभापति अर्थात् संघीय संसद संसदीय दलका नेता समेत रहेका शेरबहादुर देउवाले सांसद रायमाझीलाई दलको नेतामा मनोनयन गरेका हुन् ।

    नेता देउवाले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम रायमाझीलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

    यसअघि राष्ट्रियसभामा संसदीय दलको नेता रहेका राधेश्याम अधिकारी ४ वर्षे कार्यकालपछि यो पद रिक्त थियो । rastriya-sava-congress-samsadiya-neta.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार