Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो रह्यो आजको बालुवाटार छलफल


    सोमबार, साउन १९ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच सोमबार पनि छलफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल पछिल्ला दिनका तुलनामा सकारात्मक रहेको स्रोतले बताएको छ । 

    आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच कुराकानी भएको थियो । छलफलमा नेता सुवास नेम्वाङ पनि सहभागी थिए। प्रचण्डले र झलनाथले विगतको जस्तो राजीनामा बाहेकको कुरा गरेकाले प्रम ‌ओलीले ‘इन्ट्रेष्ट’ दिएर कुरा गरेको स्रोतको दावी छ ।

    अहिले भने प्रचण्ड र खनालले स्थायी समिति बैठकमा आफ्नो कुरा लैजाने र बैठक टु‌ग्याउने प्रस्ताव राखेका छन् । तर ओली भने राजीनामाको माग पूरै त्याग्नुपर्ने र त्यो कुरा बैठक अघि नै सहमति गर्नुपर्नेमा अडिक रहे । नेम्वाङ भने प्रमको भनाइमा सही थाप्न मात्र बैठकमा बसेको ती स्रोतले बताएका छन् ।

    आजको बैठक धेरै लामो नचलेपनि मंगलबार पुनः बैठक गर्ने सहमति भएको थाहा भएको छ । बालुवाटार बैठकअघि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु खनाल र नेपालबीच खुमलटारमा करिब डेढघण्टा छलफल भएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार