Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश सांसदसहित विवेकशीलका सात केन्द्रीय सदस्यले दिए राजीनामा


    आइतबार, भाद्र १२ २०७९
    925
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । बागमती प्रदेशसभा सदस्यसहित विवेकशील साझा पार्टीका सात जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । उनीहरुले आज पार्टी कार्यालयमा सामूहिक राजीनामा दिएका हुन् ।

    राजीनामा दिनेहरुमा प्रदेश संसद विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन् ।  उनीहरुले विवेकशील सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने प्रयासमा चुकेको आरोप लगाएका छन् । 

    पार्टीले हाल अङ्गीकार गरेको नीति तथा कार्य योजना एकदमै अस्पष्ट उनीहरुको दाबी छ । नेतृत्व प्रक्रिया अपारदर्शी रहेको भन्दै उनीहरुले पार्टीले आम नागरिकको अवस्था बदल्ने राजनीतिक कार्यदिशा कार्यान्वयन गर्ने पक्षमा आफूहरु विश्वस्त नभएकाले पार्टी परित्याग गरेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार