Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिन्धुपाल्चोकको मेलम्चीमा पहिराको ताण्डवः चारको सब फेला पर्यो, चार अझै बेपत्ता


    सोमबार, साउन १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिन्धुपाल्चोक । जुरे पहिरो, भूकम्पको विनाशपछि केही दिनअघिको बाह्रबिसे पहिराको ताण्डवपछि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा अर्को दैवी विपत्ति आएको छ । लगातार परेको अविरल बर्षाका कारण मेलम्चीमा गएको पहिरोमा परी पुरिएका चार जना मजदुरको शव फेला परेको छ । चार जना अझै बेपत्ता रहेको उद्धारमा खटिएकाहरुले जानकारी दिएका छन् ।

    पहिरोमा परिनेहरुमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्र्षीय मानबहादुर रुम्बा, २० वर्र्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्र्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरी छन् । मृतक र बेपत्ता हुनेहरु अधिकांश मजदुर छन् । पहिरोमा बेपत्ता हुनेमा सात जना नेपाली र एक जना भारतीय नागरिक रहेको जनाइएको छ । 

    उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक छलबहादुर तामाङले जानकारी दिएका छन् ।

    अबिरल वर्षासँगै राति २ बजेतिर पहिरो जाँदा मेलम्ची–११ मा कभर्ड हल निर्माणमा खटिएका नौ मजदुर पुरिएका थिए । एक जनाको भने तीन घण्टाको प्रयासपछि उद्धार गरिएको थियो । उनी पनि घाइते छन् । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार