Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको नेतृत्वमा एमालेले बनायो ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी


    आइतबार, भाद्र १२ २०७९
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।

    ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको बैठकमा निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले यस कमिटी निर्माण गरेको हो । उक्त कमिटीमा ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन गरिएको एमाले स्रोतले जनाएको छ ।

    अध्यक्ष ओलीले बैठकमा देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने र लक्ष्य अनुसार विजय हासिल गर्ने विश्वासका साथ लाग्न आग्रह गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार