Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णाली प्रदेशका दुई मन्त्री माओवादीले फिर्ता बोलायो 


    शुक्रबार, भाद्र १० २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादीले कर्णाली प्रदेशका दुई मन्त्री फिर्ता बोलाएको छ। नेकपा माओवादी केन्द्रले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको माओवादी स्रोतले जानकारी दिएको छ ।

    माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको हो। उनीहरुको ठाउँमा कृष्णा शाह र रातो कामीलाई पठाइने भएको छ । तर, स्रोतका अनुसार उनीहरूमध्ये को कुन मन्त्री हुने भन्ने टुंगो भने लागेको छैन। शाह जाजरकोटबाट समानुपातिक सांसद हुन भने कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

    समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यले मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताईन। 

    ११ जना सांसद रहेको कर्णालीमा हालसम्म एकजना मुख्यमन्त्रीसहित ८ जना मन्त्री भइसकेका छन्। भने एकजना उपसभामुख र बाँकी दुईजना मन्त्री हुन बाँकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार