Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धन बैठक : प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन


    बिहिबार, भाद्र ९ २०७९
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले देशका सबै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरेर प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको छ।

    उक्त बैठकले देशको १६५ निर्वाचन क्षेत्रको अवस्थाको बारेमा अध्ययन गरेर विस्तृत प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको हो। सत्ता गठबन्धन आबद्ध दलहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको खाका बनाउन कार्यदल गठन गरेका थिए।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘‘आज फेरि कार्यदलमै जिम्मेवारी दिने निर्देशन भएको छ । आज हामी अपराह्न ४ बजे कार्यदलको बैठक बसेर आज शीर्षस्थ नेताहरुले दिएको निर्देशन अनुसार कार्यदलले समग्र रुपमा छलफल गरेर प्रतिवेदन नेतृत्वलाई बुझाउने निर्णय भएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार