काठमाडौँ । देशभर आज वर्षा हुने अनुमान गरिएको छ । आज बिहानैदेखि बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक/दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने महाशाखाले बताएको छ ।
महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भू/भागमा भूरक्षय, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।