Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नुवाकोटमा ४ हजार५ सय ३७ मतदाता थपिए, कुल मतदाता कति ?


    बुधबार, भाद्र ८ २०७९
    960
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ३७ हजार चार सय ३४ मतदाता भएको जिल्लामा चार हजार पाँच सय ३७ मतदाता आझै थप भएका छन् ।

    स्थानीय तहको निर्वाचनपश्चात् गत असार १ गतेदेखि नयाँका लागि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो । आगामी मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन हुने मिति तोकेपछि मतदाता नामावली सङ्कलन कार्य पुन: रोकिएको थियो । 

    थप भएकासहित अहिले नुवाकोटमा कूल मतदाताको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ७१ पुगेको निर्वाचन कार्यलय निर्वाचन अधिकारी जयप्रसादअधिकारी गौतमले जानकारी दिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार