Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनावी भागदौडमा चितवन पुगे प्रचण्ड


    बुधबार, भाद्र ८ २०७९
    825
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। आगामी हुने प्रतिनिधिसभाको चुनावमा चितवनको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारी गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापछि पहिलो पटक आज बिहान अध्यक्ष प्रचण्ड गृह जिल्ला चितवन पुगेका हुन् ।

    चितवन पुग्नुअघि उनको कार्यतालिका सार्वजनिक भएको छ । तालिका अनुसार उनी आज एकै दिन ५ वटा कार्यक्रममा सहभागी हुनेछन्, जसमध्ये तीन वटा शिलान्यास कार्यक्रम छन् ।

    आजै पुल उद्घाटन तथा पार्टी प्रशिक्षण कार्यक्रम पनि राखिएको छ । प्रचण्डले बरुवाबजार भैरवपुर पर्साचोक बैदार चिन्द्रेनी अजिंगरे सहिदपुर गंगटे सडक शिलान्यास, हुलाकी सडक अन्तर्गत पर्ने रतनी खोला पुलको उद्घाटन, र माडी ठोरी सडक खण्डको उद्घाटन गरिसकेका छन् ।

    प्रचण्डको बुधबार नै माडी क्षेत्रमा बजेट छुट्याएका अन्य दुई दर्जनभन्दा बढी आयोजनास्थलको अवलोकन गर्ने कार्यक्रम रहेको माडीका पूर्व नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए। उनी आजै सबै कार्यक्रम सकाएर गठबन्धनको बैठकका लागि काठमाडौं फर्कदैछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार