Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि महाअभियोग सिफारिस समितिको बैठक 


    बुधबार, भाद्र ८ २०७९
    930
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ ।  समितिको तेस्रो बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । 

    मंगलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसैसाता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार उनले समिति समक्ष यसैसाता जवाफ पेश गर्नुपर्ने छ ।

    समितिले २९ भदौं भित्र जबरा माथी लागेको महाअभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो । 

    उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोटाएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ । जसमा आजको बैठकमा थप छलफल हुने बताइन्छ।

    २२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार