Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आन्दोलनमा उत्रिए फुटपाथ व्यापारी 


    मंगलबार, भाद्र ७ २०७९
    960
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोक लगाएपछि फुटपाथ व्यापारीहरु विभिन्न माग राखेर प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले  स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा नाराबाजीका साथ काठमाडौं महानगरपालिकाको कार्यालयमा घेराउ गरेका हुन् ।  

    उनीहरुले मेयर बालेनलाई भेटेर ज्ञापन पत्र बुझाउन खोजेपनि वास्ता नगरेको भन्दै आन्दोलन गरेका हुन्। उनीहरुले ३ बुँदे माग एक हप्ताभित्र पूरा नगरे अझै चर्को आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

    सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरि परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाई समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र  राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरि स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु  कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार