Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज भदौ ७ गते मंगलवारको राशिफल


    मंगलबार, भाद्र ७ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । राज्यबाट मान सम्मान पाइनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्ने छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ । स्वास्थ्यमा लाभ र आराम मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । बहुमूल्य वस्तु हात पर्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    प्रेमीको सहयोग प्राप्त हुनेछ । कलासाहित्य तथा संगीतमा रुचि बढ्ने छ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा पनि रुचि बढ्ने छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्ने छ । घरमा अतिथिको आगमन पनि हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ, तर साँझमा केही लाभमूलक काम हुनेछ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    रमणीय र सुखद् यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । दिनको उत्तरार्ध सुखद् रहने छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । यात्रा पनि कमजोर रहला ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार