काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरुद्ध लागेका नकारात्मक सूचीका ३२२ मुद्दा फिर्ता नहुने स्पष्ट पारेको छ । १२ फागुन ०७७ मा केपी ओली सरकारसँग तीनबुँदे सहमति गरेर शान्ति प्रक्रियामा आएको नेकपाका नेता कार्यकर्ताविरुद्ध लागेका नकारात्मक सूचीका मुद्दा फिर्ता गर्न नसकिने गृह मन्त्रालयले जनाएको छ ।
यस्ता मुद्दा फिर्ता लिन अदालतले स्वीकृत दिनुपर्ने भएकाले तत्काल नकारात्मक सूचीका मुद्दा फिर्ता गर्न नसकिने कानुनमन्त्री गोविन्द शर्मा बन्दीले जानकारी दिए ।
तत्कालीन सरकार र नेकपाबीच सो पार्टीका नेता कार्यकर्ताविरुद्ध लागेका सबै मुद्दा फिर्ता गर्ने सहमति भएको थियो । त्यसयता सरकार र विप्लव नेतृत्वको नेकपाबीच मुद्दा फिर्ताका सम्बन्धमा पटक–पटक वार्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालयहरूमा दर्ता भएका राजनीतिक प्रकृतिका ६ सय १० मध्ये पाँच सय २३ मुद्दा फिर्ता भइसकेका छन् । बाँकी ८७ वटा फर्स्योटका क्रममा छन् ।
गृहमन्त्री बालकृष्ण खाणले विप्लव समूहविरुद्धका राजनीतिक प्रकृतिका अधिकांश मुद्दा फिर्ता भएको बताए । ‘विप्लव समूहविरुद्धका जिल्ला प्रशासन कार्यालयमा ६ सय १० मुद्दा दर्ता भएका थिए । पटक–पटकको वार्तापछि पाँच सय २३ मुद्दा फिर्ता भएका छन् । बाँकी ८७ वटा फर्स्योटको चरणमा छन्,’ उनले भने । तर, अदालतको प्रक्रिया प्रवेश भएका र नकारात्मक सूचीमा परेका अपराधसँग सम्बन्धित मुद्दा भने कुनै पनि फिर्ता हुन सकेका छैनन् । नयाँ पत्रिका दैनिकबाट
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend