Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड र माधवबीच छलफल,  चुनावअघि एकता संयोजन समिति बन्छ


    सोमबार, भाद्र ६ २०७९
    980
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच एकता संयोजन समिति र चुनावी घोषणापत्रका विषयमा छलफल भएको छ । 

    सोमबार बिहान प्रचण्डको भान्जा गोकुल भण्डारीको हात्तिवनस्थित अपार्टमेन्टमा उनीहरूबीच उक्त छलफल भएको हो । छलफलमा प्रचण्ड, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका सहभागी थिए । 

    आजको बैठकमा डा. बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल भएको एक नेताले बताए । गौतम र डा. बाबुराम भट्टराई पनि माओवादीको चुनाव चिन्हमा उम्मेदवार हुने भएपछि उनीहरूलाई पनि समावेश गरेर चुनाव अगाडी पार्टी एकता संयोजन समिति बनाउने विषयमा छलफल भएको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार