Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जसपामा बिद्रोहको तयारी, रेणु यादवदेखि राजकिशोर यादवसम्म एमाले प्रवेशको तयारीमा


    आइतबार, भाद्र ५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पार्टीबाट डा. बाबुराम भट्टराईदेखि महेन्द्र यादवसम्म अलग भई नेपाल समाजवादी पार्टी गठन गरिसकेका छन् ।

    महेन्द्र यादव कृषि तथा पशुपंछी विकास मन्त्रीबाट हटेपछि डा. बाबुराम भट्टराईतिर लागेका हुन् । उपेन्द्र यादवले मन्त्रीबाट ८ महिनामै हटाएपछि रुष्ट भएर महेन्द्र यादव बाबुरामतिर लागेका छन् । भट्टराई र यादव नेकपा माओवादीकै चुनाव चिह्नमा निर्वाचनमा जाने भइसकेका छन् ।

    त्यसैगरी, जसपामा अर्को बिद्रोह हुने भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्री पदबाट हटाएकोमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव पनि उनीसँग रुष्ट भएकी छन् । उनी मन्त्रीबाट हटेपछि जसपाको पार्टी गतिबिधिबाट पूर्णतया अलग भएको जसपाका एक नेताले बताए ।

    रेणु यादवले राजकिशोर यादवसहितका असन्तुष्ट नेताहरुको भेला गरी एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । एमालेले रेणु र राजकिशोरसहितका त्यो समूहका नेताहरुलाई संघीय संसददेखि प्रदेशसभामा उम्मेदवार बनाउने आश्वासन दिइसकेको छ । 

    राजकिशोर यादव पनि उपेन्द्र यादवसँग रुष्ट छन् । राजकिशोरले उनलाई मन्त्री नबनाएपछि उनी रुष्ट भएका छन् । केपी ओली प्रधानमन्त्री हुँदा राजकिशोरलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेका थिए । तर १३ दिनमै उनको मन्त्री पद अदालतको आदेशले गएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार