Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चाडवाडको मुखैमा रसुवागढी र तातोपानी नाका ठप्प


    शनिबार, भाद्र ४ २०७९
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।कोरोना जोखिम बढेको भन्दै चीनले  रसुवागढी र तातोपानी नाका ठप्प पारेको छ ।  चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ ।दुवै नाका बन्द हुँदा दशैँको लागि भन्दै व्यापारीले अर्डर गरेका र ल्याउँदै गरेका सामान बीच बाटोमै रोकिएर बसेका छन्। ।

    चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै चीनले दुवै नाका  बन्द  गरेको छ । तत्काल नाका खुल्ने सम्भावना नदेखिँदा व्यापारी चिन्तित भएका छन् ।रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनमा कोरोना सङ्क्रमण कायमै रहेकाले रसुवागढी नाका छिटै खुल्ने सम्भावना नदेखिएको बताए ।
    सङ्क्रमण कम भयो भने छिटै खुल्ने, नत्र भन्न नसकिने उनको भनाइ छ । तर यो समस्या धेरै दिन नलम्बिने उनको विश्वास छ ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पनि तातोपानी नाका खुलाउनेबारे चिनियाँ पक्षबाट जानकारी नआएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार