Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अहिले मुखले क्रान्तिकारी भयौं, व्यवहारमा छैनौँः अध्यक्ष दाहाल


    बिहिबार, भाद्र २ २०७९
    555
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी गरेका छन् । 

     आज बिहीवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित  रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको दाबी गरे ।  उनले पार्टी पहिलाको जस्तो नरहेको भन्दै पार्टी केही बिग्रिएको बताए । उनले व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको बताए ।  अध्यक्ष दाहालले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्र्रतिष्पर्धा गर्नेतिर नभइ आफनै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको बताए । उनले सामुहिक भावनादवारा अघि बढने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गरे । उनले पार्टीका नेताहरुको मुखमा क्रान्तिकारी रहेपनि व्यवहार, आचरण, दैनिकीमा नरहेको दाबी गरे  । अध्यक्ष दाहालले यस्ता व्यत्तिःवादी चरित्रका कारण पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको बताए । उनले पार्टीमा भनाइ र गराइमा धेरै ठूलो अन्तर देखा परिसकेको भन्दै अन्तरबिरोधलाई हल गर्ने आवश्यक्ता रहेको बताए । उनले व्यक्तिवादी चरित्रलाई हटाउन नसके क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुने दाबी बताए ।

    अध्यक्ष दाहालले भने, ‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन । धेरै नै बिग्रेको छ । हामी अलिकति बिग्रेका छौँ भन्ने बाटोबाट नै शुरु गर्नुपर्ने ठान्छु म । हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ । स्वार्थी भएका छौँ । हामीले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्र्रतिष्पर्धा गरेर त्याग गर्नेतिर होइन, आफनै निम्ति कसरी गर्ने भन्नेतिर उद्धत हुन थालेका छौँ । हामी सामुहिक भावनादवारा अघि बढने भन्दा स्वार्थ समूह बनाउनेतिर, त्यो वैचारिक गुट पनि होइन, त्यतातिर जान थालेका छौँ । यसले पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको छ । हामी विचार, कुरा, र मुखमा त अहिलेपनि क्रान्तिकारी नै छौँ तर हाम्रो व्यवहार, आचरण, दैनिकीसँग त्यो मिल्दैन । हाम्रा भनाइ र हाम्रा गराइ कति हो कति ठूलो अन्तर आइसकेको छ । यो अन्तरबिरोधलाई हल गर्ने आवश्यक्ता निकै ठूलो छ । यसलाई हल गर्न सकेनौँ भने हामीले क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुन्छ । केही समय यस्तै रहीराखे त्यसको औचित्य सिद्धिन्छ ।’

    अध्यक्ष दाहालले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गरे । उनले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढनुपर्ने आवश्यक रहेको बताए  । अध्यक्ष दाहालले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढनुपर्ने अहिलेको आवश्यक्ता भएको पनि बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार