Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज भदौ २ गते बिहिवारको राशिफल


    बिहिबार, भाद्र २ २०७९
    745
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । काममा सफलता पनि मिल्ने छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    चलाखीपूणर् बोलीले काम बन्न सक्छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज मङ्गल र शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति पनि हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकांक्षा पूणर् होला । शुभकार्यको चर्चा पनि चल्ने छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउने छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । घरमा अतिथिको आगमन हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    काम गर्दा अपजस आइलाग्न सक्छ भने विवाद समेत सिर्जना हुनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज पारिवारिक सुख एवं सहयोग मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा हुने र अधुरा कार्य पूरा हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले सताउन सक्छ । सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आजको दिन सामान्य र माध्यम नै रहने छ । धेरै ठूलो महत्त्वाकांक्षा लिएर काम नगरेकै जाती हुनेछ, साँझमा भने शुभ समाचार पाइन सक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    कुनै कुराले मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । गरेको कार्यमा सफलता पाइनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार