काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्ति रूपन्देही सैनामैना नगरपालिका-९ घर भएका ३९ वर्षीय छविलाल भट्टराई रहेको प्रहरीले जनाएको छ । भट्टराईलाई आज बुधबार काठमाडौं मिनभवनबाट प्रहरीले पक्राउ गरेको हो ।
भट्टराई सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालिका संचालक रहेको प्रहरीले बताएको छ । भट्टराईले सर्बसाधारणलाई वैदेशिक रोजगारीको लागि रोमानियाको प्रतिष्ठितकम्पनीमा पठाईदिने भन्दै मोटो रकम लिई गरी फरार रहेका थिए । उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।