काठमाडौँ । जनता समाजवादी पार्टीमा व्यक्तिवादी प्रवृति हाबी भएको ठहर गर्दै १३ जना नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसपा खोटाङ अध्यक्ष टंकबहादुर थापासहित १३ जना आज माओवादीमा प्रवेश गरेका हुन् ।
जसमा अन्य जसपा उपाध्यक्ष नविनकिशोर राई, सचिव देवकुमार राई, सचिवालय सदस्य दीपकुमार तामा, प्रवचन राई, मनोज राई र जुलन राई हुन् । यसैगरी सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङले पनि माओवादी रोजेका छन् ।
केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसेको भन्दै अस्ति उनीहरुले जसपा परित्यागको घोषणा गरेका थिए । त्यसलगत्तै उनीहरुले आज माओवादी केन्द्र रोजेका हुन् ।
वर्तमान राजनीतिक उपलव्धि, समानुपातिक समावेशी राज्यको नीति स्थापना गर्ने बैचारिक तथा सैद्धान्तिक हिसावले नेपालमा एकमात्र पार्टी माओवादी केन्द्र भएको थापाको भनाइ छ । उनले आफू समृद्ध समाज निर्माण गर्दै आमुल परिवर्तनको दिशामा अगाडि बढ्ने आन्दोलनमा समेत समाहित भएको दाबी गरेका छन् ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend