काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट शुरु हुने बताएका छन्। उनले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताए । डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको थियो । उनले बैठकले पार्टीको केन्द्रिय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको पनि बताए ।
उनले भने, ‘आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेका छौँ र त्यो मापदण्ड अनुसारको उम्मेदवार छनोट भइसकेपछि को व्यक्ति उपयुक्त हो भनेर छान्ने प्रक्रिया निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको भुमिका हुन्छ । तीन वटा नै कमिटीहरु निर्वाचन क्षेत्रीय कमिटीले व्यक्तिका नाम एकजना महिलासहित ४ जना संघीय संसदको लागि र प्रदेशका लागि पनि एकजना महिलासहित ४ जना
उनीहरुले नाम पहिला पठाउछन् । त्यसपछि मात्रै जिल्लाले ती ४ जनामध्येबाट तीन जना छनोट गर्नुहुन्छ । तीन जना छनोट भएर प्रदेश कमिटीमा पठाइसकेपछि प्रदेश कमिटीले तीन जना नै कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरु, सहितको राय उल्लेख गरेर केन्द्रिय कमिटीमा पठाउँछ र केन्द्रिय कमिटीले त्यही सूचीबाट समानुपातिकको निम्ति पनि निर्धारण पनि गर्छ र आगामी निर्वाचनको निम्ति पनि उम्मेदवार तय गर्छ । यो काम सम्पन्न भएको छ । केन्द्रिय कमिटीका केही सदस्यहरुको कार्य विभाजनमा हेरफेर भएको छ । वामहरुको बीचमा एकताको पहल हामीले गर्ने र त्यो एकताको पहलको शुरुवात हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट शुरु हुनेछ । त्यसरी दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउनको निमित्त हाम्रो तर्फबाट एकता संयोजन समिति बनाएर अर्को पार्टीबाट पनि त्यस्तै समिति बनाएर दुवै पार्टीबाट त्यस्तै किसिमको संयन्त्र बनाउने भन्ने हो । हामीले पार्टी संयोजन समितिको कुरा गरेका छौँ । त्यसका धेरै चरणहरु हुन्छन र विभिन्न चरणमा काम गर्दै जाने र आगामी चुनावको बारेमा कुरा भएको छ । समितिमा पार्टीका शीर्ष नेताहरु नै बस्ने गरेर समिति बनाउन हामीले सुझाव दिएका छौँ । चुनावमा हामी सँगै गइहाल्छौँ । हामी पार्टी एकता संयोजन समिति बनाउने भन्ने निर्णयमा पुग्यौँ ।’
उपमहासचिव डा. तुलाधरले आजको बैठकले आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको बताए । उनले यी तीन कमिटीले छानेका एक महिलासहितका ४ जना उम्मेदवारमा संघीय संसदको लागि र प्रदेशका लागि जिल्लाले तीन जना छानेर प्रदेशमा पठाउने र प्रदेश कमिटीमा पठाइएका नाम प्रदेश कमिटीले तीन जनाका कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरु सहितको राय उल्लेख गरेर केन्द्रिय कमिटीमा पठाउने बताए । उनले केन्द्रिय कमिटीले प्रदेश कमिटीबाट पठाएका उम्मेदवारको सूचीबाट आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको निम्ति उम्मेदवार तय गर्ने निर्णय भएको बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend