Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ हिमालहरुमा आरोहण खुला गरिनेछः पर्यटन मन्त्री श्रेष्ठ


    आइतबार, साउन २९ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरुमा आरोहण खुला गर्ने बताउनुभएको छ । 

    आइतबार नेपाल पर्वतारोहण संघको ३२ औं साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरुमा पर्वतारोहणको लागि अनुमति दिने तयारी गरेको बताउनुभएको हो । उहाँले कुन–कुन हिमालहरुमा आरोहण गर्न सकिन्छ र कुन–कुन हिमालहरुमा आरोहण खुल्ला गर्दा पर्यटन आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई समेत लाभावित बनाउन सकिन्छ भन्ने कुराको समिक्षा गरेर हिमाल आरोहणको अनुमति दिने बताउनु भयो । 

    मन्त्री श्रेष्ठले पर्वतारोहण सम्बन्धि अन्योलमा रहेका ऐन,कानून र नियमहरु सरकार तत्काल निराकरण गर्न तयार रहेको बताउनु भयो । उहाँले सरकारले विगतमा एक वर्षको लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब एक वर्षको भ्रमण वर्ष भई २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने बताउनु भयो । 

    मन्त्री श्रेष्ठले नेपाल विश्वको पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालका हिमाल,पहाड,प्राकृतिक खालका उचाईहरुमा पर्यटन खेलकुदको विकास गर्नु आवश्यक रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले एडभान्चर खुलकुद,पर्यटन वेस खेलकुद र माउण्टेन खेलकुदका रुपमा पर्वतहरुलाई आधार बनाएर खेलहरुको विकास गर्न सके नेपाल पर्यटक गन्तव्यको रुपमा विकास हुने बताउनु भयो ।

    उहाँले भन्नुभयो,‘अन्योलतामा रहेका पर्वतारोहण सम्बन्धि ऐन नियमहरु तत्कालै सम्बन्धित सरोकारवाहरुसँग बसेर सरकारले निराकरण गर्नेछ । तपाईहरु आफ्नो काम निर्धक्क भएर अगाडि बढाउन आग्रह गर्दछु । सरकारले पर्यटन क्षेत्रको विकासको लागि नयाँ हिमालहरुमा आरोहण गर्ने अनुमति दिनुपर्छ भन्ने सोच राखेका छौं । 

    अहिले जे जति हाम्रा हिमाल आरोहण गर्ने अनुमति दिने काम भइरहेको छ । त्यसको अतिरिक्त अहिले प्रयोगमा नआएका ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरुमा पनि आरोहणको लागि अनुमति प्रदान गर्ने भन्ने मन्त्रालयले योजना अगाडि सारेको छ । अब कुन–कुन हिमालहरुमा आरोहण गर्नसक्छौं । कुनकुन हिमालहरुमा आरोहण खुल्ला गर्दा पर्यटन आगमन बढाउन सक्छौं । त्यो क्षेत्रको जनजीवनलाई समेत लाभावित बनाउन सक्छौं । त्यो कुरालाई समिक्षा गरेर अनुमिति दिनेछु । 

    पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नको लागि विगतमा एक वर्षको लागि भ्रमण वर्ष भनेर तोकेर काम गर्ने गरिएको थियो । अब एक वर्षको भ्रमण वर्ष होइन । २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर निरन्तर रुपमा पर्यटन विकास र पूर्वाचारका काम अगाडि बढाएर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउनु पर्छ । नेपाल विश्वको पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्नसक्छौं । नेपालका हिमाल,पहाड,प्राकृतिक खालका उचाईहरु रहेका छन । यसलाई खुलकुदको रुपमा पनि विकास गर्नुपर्छ भन्ने सोच अगाडि सारेका छौं । एडभान्चर खुलकुदका कुराहरु,पर्यटन बेस खेलकुदका कुराहरु र माउण्टेनका खेलकुदका कुराहरु अगाडि सार्नसक्छौं । पर्वतहरुलाई आधार बनाएर खेलहरुको विकास गर्नसक्छौं । जसको माध्यमबाट नेपाल पर्यटक गन्तव्यको रुपमा विकास हुनसक्छ । खेल पर्यटकको रुपमा पर्यटकहरुको आकर्षण बढाउन सकिन्छ ।’

    मन्त्री श्रेष्ठले नेपालमा पर्यटकहरु प्राकृतिक मनोरम दृश्यहरु अवलोकनको लागि बढी आकर्षित भएर आउने गरेको बताउनु भयो । उहाँले नेपालको पर्यटन क्षेत्रको विकास गर्न पर्यटकलाई आकर्षित गर्नसक्ने भनेको प्रकृति, शाहसीक खेल र संस्कृति नै रहेको जिकिर गर्नुभयो । मन्त्री श्रेष्ठले नेपालको नेचर, एडभान्चर र कल्चरको विकास गरी व्यवस्थित गर्नसके पर्यटकहरुको आकर्षित गर्ने माध्यम बलियो बन्ने बताउनु भयो । उहाँले सरकार निजी क्षेत्रको सहकार्यबाट नै नेपालको पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भन्ने मान्यताका साथ अगाडि बढेको बताउनु भयो ।

    उहाँले भन्नुभयो,‘ नेपाल प्राकृतिक रुपमा मनोरम दृश्यहरु भएको देश हो । त्यसैले यहाँ एकपटक आएका पर्यटकहरु फेरि आउन चाहन्छन । फेरि आउने वातावरण बनाउने कुरामा हाम्रो पनि त्यत्तिकै प्रयास हुनु आवश्यक छ । नेपालको पर्यटन क्षेत्रको विकासको कुरा गर्दा नेपालमा पर्यटकलाई आकर्षित गर्नसक्ने कुराहरु भनेको नेचर, एडभान्चर र कल्चर नै हो । यी कुरालाई हामीले व्यवस्थित गरेर पर्यटकहरुलाई आकर्षित गर्ने माध्यमहरु तयार गर्नुपर्छ । जुन काम हामीकहाँ भइरहेको छ, यसलाई अझ थप व्यवस्थित गरेर जानुपर्छ । सरकारले नेपाल पर्वतारोहण संघसँग हातेमालो गरेर पर्वतारोहण क्षेत्रको पर्यटकहरुलाई बढी भन्दा बढी आकर्षित गरेर पर्यटन भित्रयाउने काममा सहकार्य गर्न चाहेको छ । सरकार निजी क्षेत्रको सहकार्यबाट नै नेपालको पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भन्ने मान्यता वर्तमान सरकारले लिएको छ । पर्वतारोहण क्षेत्रमा काम गर्ने पर्यटन व्यवसायीहरुको पर्यटक भित्रयाउन महत्वपूर्ण भूमिका पु¥याउने अपेक्षा लिएका छौं ।’

    त्यस्तै कार्यक्रममा बोल्दै संघका अध्यक्ष निमानुरु शेर्पाले पर्यटनसगँ सम्बन्धित सेवा सुविधा एकद्वार प्रणालीमार्फत लिने नीति लिनुपर्ने बताउनु भयो । उहाँले साहसिक खेलहरु हिमचुली खुला गर्ने नीति आवश्यकता रहेको बताउनु भयो । अध्यक्ष शेर्पाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा छुटै पर्वतारोही कक्ष व्यवस्थापन गर्न माग गर्नुभयो ।

    अध्यक्ष शेर्पाले विश्व विख्यात पर्वतारोहीको लागि विमानस्थलबाटै सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार