काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाको मुग्लिन नजिकै त्रिशुली नदीमा ट्रक खसेको छ । इँटा बोकेको उक्त ट्रक इच्छाकामना गाउँपालिका–५ को नाग्दी खोला भन्ने स्थानबाट शनिबार बिहान ९ बजे त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।
एसपी अधिकारीका अनुसार त्रिशुलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ । मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको उनले जानकारी दिएका छन् । ट्रकका चालक र सहयोगी (सहचालक) सुरक्षित रहेको एसपी अधिकारीले जानकारी दिए ।