Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • देउवाले पार्टी संचालन एक्लौटी गर्न खोजेपछि शेखर समूहको बैठक बस्दै


    शनिबार, साउन २८ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ । पार्टीभित्र सभापति शेरबहादुर देउवाले आफूखुसी निर्णय गर्न थालेपछि डा. शेखर कोइराला समूहको रणनीति तय गर्नका लागि बैठक बोलाएको बताइएको छ । सभापति तथा प्रधानमन्त्री देउवाले एक्लौटी निर्णय गर्न थालेकाले डा.शेखर कोइराला समूह असन्तुष्टि प्रकट गर्दैआएको छ । 

    संस्थापन इतर समूहको उक्त बैठकमा डा. कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाएका छन् । सभापति देउवाले नेबिसंघ, तरुण दल, महिला संघ सहित ५ वटा भ्रातृ संगठनको नेतृत्व चयन गर्दा एक्लौटी ढंगले गरेको छ । भातृसंस्थाका ५ अध्यक्षमा एउटा पनि संस्थापनइतर समूहलाई दिइएको छैन ।

    साउनमै भएको कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनमा निर्वाचन हुँदा संस्थापन पक्ष एक किसिमले पत्तासाफ नै भएको थियो । पदाधिकारीसहित केन्द्रीय कमिटीमा कोइराला निकट पत्रकारहरु ८० प्रतिशत बिजयी भएका थिए ।  

    भातृसंगठन मात्र होइन, पार्टी सञ्चालनमा पनि देउवा सल्लाह नगरी एक्लौटी ढंगले अघि बढेको शेखर कोइराला समूहको आरोप छ ।

    देउवाको पार्टी संचालनको तौरतरिका यही रहे समानान्तर गतिविधि नै गर्ने तहसम्म कोइराला समूह पुग्ने देखिएको छ । आजको बैठकले यसबारे निर्णय लिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार