Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कतार प्रहरीको आकर्षक रोजगारीः सबै प्रक्रिया पूरा गर्दा कसरी निस्कियो विवाद ? 


    बिहिबार, साउन २६ २०७९
    915
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको बिप्रेषण(रेमिट्यान्स)ले देशको कुल ग्राहस्थ उत्पादनको २७ प्रतिशत योगदान गरेको छ । तर त्यही बैदेशिक रोजगार ब्यवसाय गर्नेहरुलाई सरकारले सधैं नकारात्मक दृष्टिकोणले हेर्ने गरेको छ ।

     यसै सन्दर्भमा कतार प्रहरीजस्तो आकर्षक रोजगारीमा नेपालीका लागि अवसर आउँदा पनि त्यसको सदुपयोग हुन सकेको छैन । कतारले १ बर्षअघिदेखि नै नेपाली युवालाई प्रहरीमा लिनका लागि पहल गरिरहेको छ । तर सरकार र ब्यवसायीबीच समन्वय अभावका कारण आकर्षक मानिएको कतार प्रहरीको लागि नेपाली युवाहरु जान नपाउने संभावना बढेको छ ।

    गतबर्ष सरकारले कतार प्रहरीमा पठाउन सकेन । गतबर्ष बिबिध कारणले रोकिएको कतार प्रहरीको छनोट यो बर्ष अल ताक्वेत म्यानपावरले गर्न बैदेशिक रोजगार विभागबाट सबै प्रक्रिया पूरा गरी विज्ञापन निकाल्यो । तर विज्ञापन प्रकाशित भएकै भोलिपल्टदेखि बढी पैसा लिएको समाचार आउन थाले । त्यही समाचारलाई आधार मानेर बैदेशिक रोजगार विभागले अल ताक्वेत म्यानपावरमा गएर अनुगमन गरेको छ ।

     बैदेशिक रोजगार विभागले कतार प्रहरीमा नेपाली युवाहरुलाई पठाउनका लागि अल ताक्वेत ओभरसिजलाई पूर्व स्वीकृति दिइसकेपछि उसले साउन २३ मा अंग्रेजी भाषामा प्रकाशन हुने द हिमालयन टाइम्समा विज्ञापन निकालेको थियो । कतार प्रहरीमा जानका लागि इच्छुक नेपालीबाट आवेदन माग गरी विज्ञापन प्रकाशित गरेपछि १० देखि १५ लाख रुपैयाँ असुली गर्न थालिएको बिषय संचारमाध्यममा आयो । बुधबार बैदेशिक रोजगार विभागले अल ताक्वेत म्यानपावरमा अनुगमन टोली पठाएर सबै बिषय बुझेर फर्किएको छ । केही कागजात पनि विभागको टोलीले लगेको निर्देशक कृष्ण भूसालले जानकारी दिएका छन् । 

    बिभागले अनुगमन गर्ने क्रममा म्यानपावरका संचालक मनिराम श्रेष्ठले आफूहरुले सरकारी प्रक्रिया पूरा गरेर मात्र कतार प्रहरीको रोजगारका लागि छनौट प्रक्रिया अघि बढाएको दावी गरेका छन् । श्रेष्ठको दावीलाई मान्ने आधार पनि देखिएको छ । अल ताक्वेत ओभरसिजले कतार प्रहरीको आवेदन माग गरेको विज्ञापन हिमालय टाइम्समा प्रकाशन भएको विभागको सिष्टममै उल्लेख छ ।

    12.jpg
    बैदेशिक रोजगार विभागको आधिाकारिक साइटमै विज्ञापन निस्किएको मिति, पत्रिकाको नाम, अन्तर्वार्ता मिति उल्लेख गरिएको छ ।

    बिभागको सिस्टममै हेर्दा पनि अल ताक्वेत ओभरसिजलाई बौद्धस्थित हायात होटलमा २०२२ अगष्ट १६, १७ र १८ तारिकमा अन्तर्वार्ता गर्न स्वीकृति दिएको देखिन्छ । बिभागको अभिलेख हेर्दा पनि कतारको रोजगारदाता मिनिस्ट्री अफ इन्टेरिएरबाट लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज प्रालिमा गत बर्ष नै आएको २४४४६९१ लटको डिमाण्डलाई पुनः स्वीकृति दिएको स्पष्ट देखिन्छ । साथै बिभागको सिस्टममै कतार पुलिसको अन्तर्वार्ताको मिति ८ दिन बाँकी रहेको देखाउँछ ।

    2.jpg
    अगष्ट १६, १७ र १८ गते हयात होटलमा अन्तर्वार्ता हुने भनी विभागकै सिष्टममा हेर्न सकिन्छ ।

     बिभाग आफैले पूर्व स्वीकृति दिएको र आफैं विभागमा छापा हान्ने काम गरेको छ । आफैं धामी आफैं बोक्सी जस्तै काम विभागले गरेको महसुस ब्यवसायीले गरेका छन् । सबै प्रक्रिया पूरा गरिसकेको तर जानकारी नभएको भन्दै अनुगमन गरेको गुनासो म्यानपावरको छ । अन्तर्वार्ताको मिति समेत विभागले नै रेकर्डमा राखेको छ । तर पैसा उठाएको हल्लाका भरमा बुधबार बिभागले अनुगमन गरी सम्बन्धित म्यानपावरलाई एक पटक कतारले स्थगित गरेको कतार पुलिसको डिमाण्डलाई पुनः कामदार चाहिएको भनी नेपालीलाई माग दिएको आधार समेत लिएर उपस्थित हुन पत्र काटेको छ ।

    म्यानपावरले यस सम्बन्धमा आफूहरुसँग कतार पुलिसको लागि कतारको मिनिस्ट्री अफ इन्टेरिएरले पुनः नेपाली लान चाहेको सम्बन्धमा आवश्यक कागजात भएको भन्दै उक्त प्रमाण बिभागमा पेश गरेर तोकिएकै समयमा कतार पुलिसको अन्तर्वार्ता लिने जनाएको छ । साथै बौद्धस्थित हायात होटलमा हुने भनिएको अन्तर्वार्तामा सम्बन्धित रोजगारदाताबाटै प्रतिनिधिहरु आउने बताइएको छ ।  

    कतार पुलिसमा जान चाहनेहरुसँग लाखौं रकम लिइएको भन्ने समाचारका आधारमा बिभागको टोलीले म्यानपावर कार्यालयमा अनुगमन गरेको जनाएको छ । तर कतार प्रहरीको छनोट प्रक्रिया सुरु गरेको अल ताक्वेत ओभरसिजमा विभागको टोलीले कुनै शंकास्पद कागजात भने भेटेको जानकारी दिइएको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार