काठमाडौं । सत्तारुढ गठबन्धको तालमेलको विषय टुंग्याउन गठित कार्यदलले तालमेलको विषयमा सैद्धान्तिक रुपले सहमति नजिक पुगेको बताएको छ ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको हो । कार्यदल सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले तालमेलका लागि सहमतिको मोडालिटी तयार गर्ने काम सकारात्मक रुपले अगाडि बढेको बताए । बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले तालमेलको विभिन्न मोडालिटीको बारेमा छलफल भएको जानकारी दिए । उनले चालु सदनमा सांसदहरुको सिटको आधारमा सहमती खोज्ने विषयमा कुराकानी भएको बताए ।
गुरुङले भने–‘आज हामीले छलफल ग¥यौँ । पाँच दलका बीचमा आउँदो निर्वाचनमा सहमतिका साथ तालमेल मिलाएर गठबन्धनकै प्रक्रियाबाट बढ्नुपर्छ भन्ने स्प्रीटमै अगाडि बढेको छ । सहमतिको मोडालिटीको तयार गर्ने प्रक्रियामा आज छलफल भएको छ । आज सहमतिको मोडालिटी तयार गर्ने क्रममा सकारात्मक दिशातर्फ गएको छ । सैद्धान्तिक मान्यताहरुको सन्दर्भमा सहमतिको नजिक पुगेको छ । त्यसलाई प्राक्टिसमा कहाँ कति मेल खान्छ, खाँदैन भन्ने कुरा आ–आफ्ना दलभित्र पनि अलिकति वर्कआउट गरेर आउँदो बैठकमा टुंग्याउनुपर्छ भन्ने कुरा भएको छ । आजको छलफलमा मोडालिटी तयार गर्ने कुरामा, सिद्धान्त तयार गर्ने कुरामा मोटामोटी सैद्धान्तिक रुपले सहमतीको नजिक पुग्न खोजेको छ ।
सदनमा उपस्थितिको आकार छ, प्रत्यक्ष र समानुपातिकतर्फ । समानुपातिकतर्फ पनि विगतकालमा आएका सिटहरुकै आधारमा उपस्थिति भएको अवस्था छ । प्रत्यक्ष पनि त्यही रुपमा छ । त्यसैको सेरोफेरोमा सहमतिको मोडालिटी खोज्दै जानुपर्छ भन्ने प्रकारको कुरा भएको छ । आजको बसाईमा सैद्धान्तिक रुपले सहमतिको नजिक पुगेको छ ।’
नेता गुरुङले कार्यदलको आगामी बैठक भदौ ३० गते बस्ने जानकारी दिए ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend