Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मासिक २ लाख कमाइ हुने कतार प्रहरीको रोजगारी पुनः विवादमा, नेपालबाट लान नपाए अन्य देशबाट लाने


    बिहिबार, साउन २६ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । दुई बर्षदेखि कतार सरकारले नेपाली युवाहरुलाई प्रहरी सेवामा लिनका लागि खोजिरहेको छ । तर नेपाल सरकारले नै कतार प्रहरी जस्तो आकर्षक सेवामा युवाहरुलाई पठाउन सकिरहेको छैन । कतारको प्रहरी सेवामा मासिक २ लाख रुपैयाँ(६ हजार कतारी रियाल) तलव सुविधा हुन्छ ।

    कतारले नेपाली युवालाई नै प्रहरीमा लिन चाहे पनि पठाउन सकिरहेको छैन । म्यानपावर कम्पनी वा सरकार जसले पठाए पनि नेपालीले पाउन लागेको अवसर गुम्न नदिनुपर्ने हो । तर २ बर्षअघि कतार सरकारले २ हजार युवालाई प्रहरीमा लिन खोज्दा पनि म्यानपावर कम्पनी कसले पाउने भन्ने विवाद निम्तिएर पठाउन सकेन । कतारले पाकिस्तान र अफ्रिकी मुलुकका युवाहरुलाई प्रहरीमा लियो । सुरुदेखि पठाएको भए ५ हजार नेपाली युवाहरु कतार प्रहरीमा जागिर पाइसकेका थिए ।  

    यसैबीच, कतार प्रहरीको आकर्षक रोजगारीका लागि बैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति निकालेको अल ताक्वेत ओभरसिजमा बुधबार विभागको टोली बुझ्न गएको थियो । विभागको टोलीले कतार प्रहरीमा लैजाने प्रक्रियाको बारेमा जानकारी लिएर फर्किएको थियो । कतार प्रहरीमा पठाउनका लागि अन्तर्वार्ताको मिति समेत तोकिएको विज्ञापन पत्रिकामा सार्वजनिक भएपछि विभागले अल ताक्वेत ओभरसिजसँग उक्त प्रक्रियाको बारेमा जानकारी लिएको बिषयमा छापा मारी कागजात लगिएको चर्चा गरिएको छ । 

    बैदेशिक रोजगार विभागले नै स्वीकृत गरी लट नम्बर समेत दिएर कतार प्रहरीमा पठाउनका लागि विज्ञापन प्रकाशित गरेको थियो । उक्त म्यानपावरले साउन ३०,भदौ १ र २ गते अन्तर्वार्ताको मिति समेत तय गरिसकेको थियो । २ सय जनाको डिमान्डका लागि बैदेशिक रोजगार विभागबाट सबै कानूनी प्रक्रिया पूरा गरी पत्रिकामा विज्ञापन निकालिएको मेनपावर कम्पनीले बताएको छ । उक्त म्यानपावरले कतार प्रहरीमा भर्नाका लागि विभिन्न व्यक्तिहरुबाट लाखौ रुपैयाँ उठाएकोबारेमा  बिभागको टोली बुझ्न गएको थियो । तर रकम उठाएको नभेटिएको विभागले जनाएको छ । 

    गत बर्ष पनि अल ताक्वेत ओभरसिजले ल्याएको कतार प्रहरीको २ सय जनाको डिमान्ड कतारले अन्य देशलाई दिएको थियो । गत बर्ष मागपत्र दिए पनि विविध कारणले समयमा उडाउन नसकेपछि फेरी हाल कतारको आन्तरिक मन्त्रालयले अल ताक्वेत ओभरसिजलाई २ सय जना कतार प्रहरीको रोजगारी पाइलट प्रोजेक्टको रुपमा दिएको थियो ।  गत बर्ष ओभरसिजले कामदार भर्ना प्रक्रिया जारी राखेकै अवस्थामा समयमा पठाउन नसकेपछि कतारले पाकिस्तान र अफ्रिकी देशबाट उक्त माग पूर्ति गरेको थियो । 

    बैदेशिक रोजगार विभागका निर्देशक कृष्ण भूसालले भने–‘अल ताक्वेत ओभरसिजले कतार प्रहरीमा नेपालीलाई पठाउन गतबर्ष पूर्वस्वीकृति लिएको देखिन्छ । तर बीचमा नेपालस्थित कतारको दूताबासले पत्र पठाएर रोकेको रहेछ । त्यही गतबर्षको पूर्वस्वीकृतिका आधारमा विज्ञापन प्रकाशित भएको रहेछ, हामी अध्ययन गर्दैछौं ।’ 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार