Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइएमई इन्स्योरेन्सद्वारा क्यान्सर पिडित बिरामीको उपचारको लागि आर्थिक सहयोग


    बुधबार, साउन २५ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २,५०,००० नेपाल क्यान्सर हस्पिटललाई हस्तान्तरण गरेको छ। नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतअक्षेरुपी दुई लाख पचास हजार नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि,ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको हो।

    उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरणरेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुखकार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरे ।
    सोही अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली दाजु भाई तथा दिदीबहिनीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निशुल्क रुपमा उपचार गर्ने कार्य गरेको मानेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशीव्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार