काठमाडौं । एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गरेका छन् । मंगलबार प्रतिनिधिसभामा बैठकमा बोल्ने क्रममा उनले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगी कामहरु गरेको आरोप लगाए । उनले भने–‘नेपाल सरकारको महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा बसेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्ने यस्ता विवादित, यस्ता फटाहा, यस्ता ठग, यस्ता अपराधी व्यक्तिहरु कुनै हालतमा राख्नुहुन्न र तत्काल प्रधानमन्त्रीले खम्बबहादुर खातीजीलाई निलम्बन गर्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु । हार्दिक माग गर्न चाहन्छु ।’
सांसद बस्नेतले भनेजस्तै महान्यायाधीवक्ता खाती धेरै विवादमा परिसकेका छन् । खातीमाथि पदको दुरुपयोग गरी राजस्व अनुसन्धान विभाग लगायतका निकायबाट दर्ता हुने ठूला आर्थिक स्वार्थका मुद्दामा चलखेल गरेको आरोप छ । उनी कर्पोरेट वकिल भएकाले उनले ठूला आर्थिक स्वार्थका मुद्दा दर्ता हु्न नदिने, भइहाले कमजोर बनाउने भूमिका खेलिरहेका छन् । महान्यायाधिवक्ता खाती अनेकौं काण्डमा परिसकेका छन् । नाबालिका बलात्कार मुद्दामा आरोपीलाई सहयोग नगर्दा केही महिनाअसघ उनले ललितपुर सरकारी वकिल कार्यालयकी सरकारी वकिललाई हटाएका थिए । सिमेन्ट उद्योगदेखि बालुवाटारको जग्गा हिनामिनासम्बन्धि मुद्दामा उनी खुलेर आरोपीको पक्षमा उभिएका थिए ।
कुमारी बैंकको ठगी प्रकरणमा पनि खातीले मुद्दा चलाउन रोकेको आरोप छ ।। प्रहरीले प्रशस्त प्रमाणसहित अनुसन्धान गरे पनि महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो ।
महान्यायाधीवक्ता नियुक्ति हुनुअघि वकालतभन्दा व्यापारीहरुको मुद्दामा सेटिङ मिलाउने खातीको प्रमुख काम थियो । सेटिङ मिलाउने व्यक्ति आफैं कुर्सीमा पुगेपछि बैंकिङ कसुरमा समेत मुद्दा चलाउन रोकिएको छ । उनले सम्पत्ति शुद्धीकरणका कतिपय मुद्दा विभिन्न बहानामा महिनौंदेखि रोकेका छन् । सम्पत्ति शुद्धिकरणका महानिर्देशक प्रेम भट्टराईलाई दबाब दिएरै उनले मुद्दा दायर गर्नबाट रोक्दैआएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend