काठमाडौं । एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गरेका छन् । मंगलबार प्रतिनिधिसभामा बैठकमा बोल्ने क्रममा उनले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगी कामहरु गरेको आरोप लगाए । उनले भने–‘नेपाल सरकारको महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा बसेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्ने यस्ता विवादित, यस्ता फटाहा, यस्ता ठग, यस्ता अपराधी व्यक्तिहरु कुनै हालतमा राख्नुहुन्न र तत्काल प्रधानमन्त्रीले खम्बबहादुर खातीजीलाई निलम्बन गर्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु । हार्दिक माग गर्न चाहन्छु ।’
सांसद बस्नेतले भनेजस्तै महान्यायाधीवक्ता खाती धेरै विवादमा परिसकेका छन् । खातीमाथि पदको दुरुपयोग गरी राजस्व अनुसन्धान विभाग लगायतका निकायबाट दर्ता हुने ठूला आर्थिक स्वार्थका मुद्दामा चलखेल गरेको आरोप छ । उनी कर्पोरेट वकिल भएकाले उनले ठूला आर्थिक स्वार्थका मुद्दा दर्ता हु्न नदिने, भइहाले कमजोर बनाउने भूमिका खेलिरहेका छन् । महान्यायाधिवक्ता खाती अनेकौं काण्डमा परिसकेका छन् । नाबालिका बलात्कार मुद्दामा आरोपीलाई सहयोग नगर्दा केही महिनाअसघ उनले ललितपुर सरकारी वकिल कार्यालयकी सरकारी वकिललाई हटाएका थिए । सिमेन्ट उद्योगदेखि बालुवाटारको जग्गा हिनामिनासम्बन्धि मुद्दामा उनी खुलेर आरोपीको पक्षमा उभिएका थिए ।
कुमारी बैंकको ठगी प्रकरणमा पनि खातीले मुद्दा चलाउन रोकेको आरोप छ ।। प्रहरीले प्रशस्त प्रमाणसहित अनुसन्धान गरे पनि महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो ।
महान्यायाधीवक्ता नियुक्ति हुनुअघि वकालतभन्दा व्यापारीहरुको मुद्दामा सेटिङ मिलाउने खातीको प्रमुख काम थियो । सेटिङ मिलाउने व्यक्ति आफैं कुर्सीमा पुगेपछि बैंकिङ कसुरमा समेत मुद्दा चलाउन रोकिएको छ । उनले सम्पत्ति शुद्धीकरणका कतिपय मुद्दा विभिन्न बहानामा महिनौंदेखि रोकेका छन् । सम्पत्ति शुद्धिकरणका महानिर्देशक प्रेम भट्टराईलाई दबाब दिएरै उनले मुद्दा दायर गर्नबाट रोक्दैआएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend