काठमाडौं । नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन् ।
मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । सांसद ज्ञवालीले गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरुसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताए । उनले गठबन्धनबिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफनो खुटटामा उभिएर चुनाव लडने बताए । उनले कमजोरले अरुको साथ खोज्ने तर बलियोले एक्लै लडने सामथ्र्य राख्ने बताए ।
ज्ञवालीले भने–‘सत्ता गठबन्धनसँग सामना गर्ने भनेको हाम्रो मुख्य शक्ति जनताको जनमत हो । त्यसैले हाम्रो ध्यान जनमतलाई कसरी अभिबृद्धि गर्ने र पार्टीलाई बहुमतमा पुग्नेगरी जनताको बीचमा बलियो गरेर स्थापित गर्ने भन्ने कुरा हो । गठबन्धन हाम्रो प्राथमिकतामा होइन । गठबन्धन बाहिरका दलहरुसँग छलफल हुनसक्छ । तर गठबन्धन नै निर्माण गर्ने गरेर हाम्रो छलफल अघि बढेको छैन र गठबन्धनबिना अघि बढ्न सकिँदैन भन्ने भ्रम पनि छैन । हामी आफनो खुट्टामा उभिएर लडछौँ । तर हिँडदै जाँदा एजेण्डाहरु मिल्ने साथीहरु भेटिनुभयो भने कतिपय ठाउँमा सहकार्य हुनसक्छ । कमजोरले साथ खोज्ने हो । बलियोले एक्लै सामना गर्छ ।’
सांसद ज्ञवालीले नेपाली काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लडने आँट नरहेको बताए ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend