Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो


    मंगलबार, साउन २४ २०७९
    985
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन् । 

    मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए । उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने बताए । उनले जसपासँग सँगै बसेर काम गरिसकेकाले सरकारमा सँगै बस्नको लागि कुनै कठिन नरहेको बताए ।

    महतोले भने–‘हामी चुनावको तयारीमा लागिसकेका छाँै । गठबन्धनको सवाल पनि उठिरहेको छ । तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौँ । छैटौं दलको रुपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ ।’
     
    उनले नागरिकता मुददाको विषयको सवालमा नै सरकारलाई सहयोग गर्न लागेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार