Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भ्रष्टाचार बिरोधी उपसचिव प्रेम संजेल कुटिए


    शनिबार, साउन १७ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । ‘सेलिब्रेटी’ उपसचिव प्रेमप्रसाद संजेल कार्यकक्षमै महिला कर्मचारीबाट कुटिएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत उनलार्ई कार्यकक्षमै कुटपिट भएको छ । शनिबार बिहान कार्यकक्षमै उनलाई एक समूहले कुटपिट गरेको छ । प्रहरीले संजेलमाथि कुटपिटमा संलग्न दुई कर्मचारीलाई नियन्त्रणमा लिइसकेको छ । कुटपिटको आरोपमा प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको छ ।

    संजेल भ्रष्टाचारबिरुद्धको अभियानमा लाग्दैआएका छन् । उनी सहकारी विभागमा कार्यरत रहँदा होस्ु कि शान्ति मन्त्रालयमा हुँदा भ्रष्टाचारबिरुद्ध अडिग रहँदैआएका छन् । श्रम कार्यालय बिराटनगरमा पनि उनी जनताको एक रुपैयाँ नलिई काम गर्नुपर्छ भन्दैआएका कारण कर्मचारीकै तारो बन्दैआएका थिए । एकपटक उनलाई श्रम मन्त्रालयले २ बर्ष अवधि नपुगी सरुवा गर्दा सरकारप्रति नै नागरिकले प्रश्न उठाएका थिए ।

    संजेलले कार्यालयमै पम्पलेट लेख्ने गरेका छन्–‘हामी घुस खाँदैनौं, तपाई घुस दिन आउनुभएको भए उल्टो कारबाहीमा पर्नुहोला । साबधान ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार