काठमाडौं । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल सोमबार सकिएको छ ।
प्रदेशसभा सदस्य नभई मन्त्री बनेका हुम्लाका लामा नेकपा माओवादी केन्द्रको सिफारिसमा २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त भएका थिए ।
संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सदस्य नभई मन्त्री बनेकाहरु ६ महिनाभित्र प्रदेशसभा सदस्य हुनुपर्नेछ, अन्यता स्वतः पद रिक्त हुनेछ । सोही अनुसार लामाको कार्यकाल सोमबार सकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
लामाको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको प्रमुख सचेतक कृष्णा शाहले बताइन् । ‘कसलाई मन्त्री बनाउँने भन्ने बारे छलफल चलिरहेको छ, अहिले दलकोे बैठक जारी छ,’ प्रमुख सचेतक शाहले भनिन् ।
मन्त्री लामाको पद रिक्त हुने भएपछि माओवादी केन्द्रबाट डोल्पाका सांसद वीरबहादुर शाही मन्त्री बन्ने चर्चा छ ।
सांसद शाही अघिल्लो पटक नै मन्त्रीको चर्चामा रहेपनि अन्तिम समयमा गैरसांसद कार्चेन लामालाई मन्त्री बनाइएपछि उनी रुष्ट बनेका थिए । वीरबहादुर शाहीसँगै कृष्णा शाहको पनि मन्त्रीमा चर्चा थियो । तर जाजरकोटबाट गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनिसकेकोले डोल्पाका सांसद शाही मन्त्री बन्ने पक्का–पक्की भएको माओवादीका एक सांसदले बताए ।
माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको र बैठकमा माओवादीबाट प्रदेश सरकारमा सहभागी अरु दुई मन्त्रीमा पनि नयाँ अनुहार पठाउने बारेपनि छलफल चलेको प्रमुख सचेतक शाहले बताइन् ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend