Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुनर्जागरण विनाको निर्वाचनको अर्थ छैन: महामन्त्री रवि किरण


    शनिबार, साउन २१ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  पुनर्जागरण पार्टी नेपालका महामन्त्री रवि किरण हमालले पुनर्जागरण विनाको चुनावको अर्थ नरहेको बताएका छन् ।

    रिपोटर्स क्लबमा  पुनर्जागरण पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री रविकिरण हमालले पनि अहिलेको चुनावले खास अर्थ नराख्ने बताए । उनले भने,‘पूनर्जागरणविनाको चुनावले खास अर्थ राख्दैन । देश र जनतामा पूनर्जागरण ल्याउनुपर्छ । हाम्रो पार्टी अहिले त्यतातर्फ केन्द्रित छ ।

    नेपालमा मात्रै होईन, विश्व राजनीतिमा नै पूनर्जागरण आवश्यक छ । अहिले विश्व व्यवस्थाको कुरा गरौं न, कुनै पनि संरचनाले काम गरेन । अमेरिकाको डेमोक्रेसीमा समस्या आएको छ ।’ चुनाव देखि चुनाव सम्मको राजनीतिले नागरिकको दैनिकी बदल्न नसक्ने किरणले बताएका छन् ।

    निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक पुनर्जागरण पार्टीले रिपोटर्स क्लबमा आज पत्रकार सम्मेलन गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार