Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम पूर्वानुमान : यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना


    बुधबार, साउन १८ २०७९
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल देशभर मनसुनमा सामान्य देखि पूर्ण बदली रहेको मौसमविदले जनाएका छन् ।  आज बिहान बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

    आज  दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    त्यसैगरि  राती बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। भारी वर्षाको सम्भावना रहेका प्रदेशहरूमा खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार