Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन १८ गते बुधवारको राशिफल


    बुधबार, साउन १८ २०७९
    525
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय पनि रहने छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । कला र गलाको प्रभाव बढ्ने छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्न सक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज जोश, जाँगर र हिम्मत बढ्ने छ । नयाँ काम वा रोजगार पाइनेछ । धार्मिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा पनि चल्ने छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज अनावश्यक यात्रा हुनसक्नेछ । आफन्तसँग मनमुटाव बढ्ने देखिन्छ । गलत आश्वासन बाँड्नाले आफैलाई समस्या आउन सक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज नयाँ र शुभकार्यको चर्चा चल्ने छ । कुनै कुराले मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्ने छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्ने छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । दाम्पत्य जीवन पनि सुखमय नै रहने छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज धर्म, कर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिने छ । शुभकार्यको योजना हुनेछ, तर साँझमा भने खर्च बढ्ने छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    मङ्गल कार्यको योजना बन्ने छ । कृषि कार्यमा सहभागी भइएला । नयाँ रोजगारको अवसरले पछ्याउने छ । स्वादिष्ट खानेकुरा पनि मिल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार