Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यो आर्थिक बर्ष प्राधिकरणले १६ अर्बभन्दा बढीको विद्युत् निर्यात गर्छ : कुलमान घिसिङ


    आइतबार, साउन १५ २०७९
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिन नसकिने बताएका छन् ।

    आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित ‘क्रस बोर्डर विद्युत् व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता’ विषयक परामर्श कार्यशालामा बोल्दै निर्देशक घिसिङले विद्युत् प्राधिकरणले ट्रान्समिसन प्रसारण लाइनको जोखिम र शुल्क तिर्ने तथा २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा सम्भव नभएको स्पष्ट पारे ।

    ‘विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले केही कमाइरहेका छौँ । विगतमा एक वर्षमा पाँच अर्बको निर्यात गरेका छौँ । यो वर्ष प्राधिकरणले करिब १६ अर्बभन्दा बढीको विद्युत् निर्यात गर्छौँ । विद्युतका लागि जुन जोखिम लिएका थियौैँ,’ निर्देशक घिसिङले भने, ‘अब २० वर्षपछि यसलाई परिवर्तन गरेर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने कुरा हुँदैन ।’

    निर्देशक घिसिङले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रसारण शुल्क बढाउँदै जान नहुने बताए । उनले पछिल्लो समय ट्रान्समिसन प्रसारणमा शुल्क उच्च हुँदै गएको बताए । प्रसारण लाइनको लागत कम गर्नुपर्ने उनको भनाइ थियो ।

    विद्युतको मूल्य भारतमा राम्रो पाएकाले यो वर्ष विद्युत् प्राधिकरणले करिब १६ अर्ब रुपैयाँको विद्युत् निर्यात गर्ने बताए । गत वर्ष प्राधिकरणले पाँच अर्बको विद्युत् निर्यात गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार