काठमाडौं । भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेट भएको छ।
शुक्रबार बिहान भारतीय विदेश मन्त्रालयमा राजदूत शर्मा र क्वात्राबीच भेट भएको हो।
सामाजिक सञ्जाल ट्विटमा भेटबारे जानकारी दिँदै नयाँदिल्लीस्थित भारतीय दूतावासले दुई पक्षीय सहकार्यका विविध विषयमा छलफल भएको बताएको छ।
गत चैतमा भारतीय राजदूत बनेर गएका शर्माले अहिलेसम्म विदेश मन्त्रालयका अधिकारीहरूसँग भेट गर्न पाएका थिएनन्।
आजको भेट शिष्टाचार हो। राजदूत नियुक्त भएपछि विदेश मन्त्रालयको अफिसमा शिष्टाचार भेट हुन्छ,’ भेटमा सहभागी नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले भने,‘नेपाल-भारत सम्बन्धदेखि व्यापार र पारवहनका सबै विषयमा कुराकानी भयो।’
राजदूत भएर गएको चार महिना हुँदा पनि शर्मा र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटघाट भएको छैन।
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend