Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शर्मामाथिको छानबिन प्रतिवेदन संसद बैठकमै बुझाइने


    शुक्रबार, साउन १३ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि विशेष समितिले गरेको छानबिनको प्रतिवेदन आज २ बजे सभामुखलाई बुझाउने भएको छ । आजको प्रतिनििधसभाको बैठकमै समितिले छानबिन प्रतिवेदन बुझाउने भएको हो ।

    छानबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज २ बजे छानबिन प्रतिवेदन संसदमा बुझाउने बताए । 

    करको दर हेरफेर गरेको विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मादेखि अर्थसचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहिर पुष्करलगायतसँग बयान लिएर समितिले प्रतिवेदन तयार गरेको छ ।

    समितिले सीसीटीभी फुटेजलगायतका विषयमा पनि अध्ययन गरेको थियो ।

    सुरुमा १० दिनभित्र छानबिन गरेर प्रतिवेदन तयार गर्ने भनेर समिति गठन भएको थियो । तर, समितिले समय नपुगेको भन्दै ७ दिनको म्याद थप मागेको थियो । संसदले पनि ७ दिनको म्याद थप गरेपछि समितिले बुधबार प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

    तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले गल्ती प्रमाणित गर्ने प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ । साथै यो छानबिन आफैंमा पर्याप्त नभएको पनि अर्को निष्कर्ष पनि प्रतिवेदनमा समेटिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार