Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घुस लिने शैली फेरियो, नगद होइन, बैंक भौचर


    शुक्रबार, साउन १६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समयमा घुस लेनदेनको शैली बदलिएको छ । घुसको कारोबार नगदमा होइन, बैंकमा बुझाएर भौचर दिने प्रचलन बढेको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई घुस लिएको अभियोगमा शुक्रबार काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिएपछि बैंक भौचर बुझाउने गरेको खुलेको हो ।

     उनलाई नगद होइन, घुस लिएको भौचरसहित अख्तियारले नियन्त्रणमा लिएको हो । बैंकमा घुसबापतको रकम जम्मा गरी त्यसको भौचर प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई दिएको सूचना पाएपछि अख्तियारले दाङबाट काठमाडौं आउने क्रममा पिछा गरी केहीबेरअघिमात्र उनलाई नागढुंगामा नियन्त्रणमा लिएको छ ।

    ठेकदारसँग लिएको १ लाख ४० हजार रुपैयाँ नगद र ८ लाख बैंकमा जम्मा गरेको भौचरसहित उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

    १ बर्षअघि २०७६ असार १७ मा काभ्रेमा एक सवओभरसियर धनवीर भगतले बैंकको भौचर घुस लिएका थिए । डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा उनीसँग बैंक भौचर बरमद भएको थियो । सेवाग्राहीले पैसा जम्मा गरेको बैंक भौचर उनले लिएका थिए । भगतले एक विद्यालयको पुनर्निर्माणको तेस्रो किस्ता रोकेर घुस मागेका थिए । रकम उठाउन पूर्व सव इन्जिनियर निरज चौधरीले एजेन्टीको भूमिका खेलेका थिए । उनी पनि पक्राउ परेका थिए । शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय पनि बैंक भौचरसहित पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार